ad ad

कारोबार


उद्योग वाणिज्य महासंघ निर्वाचन : अन्जन श्रेष्ठ समूहको वाचापत्र सार्वजनिक, यस्ता छन् एजेण्डा

उद्योग वाणिज्य महासंघ निर्वाचन : अन्जन श्रेष्ठ समूहको वाचापत्र सार्वजनिक, यस्ता छन् एजेण्डा

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २२, २०७९ बुधबार १५:१०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिकरुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले वाचापत्र सार्वजनिक गर्दै ‘जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र’ नामक नारासमेत सार्वजनिक गरेको हो। 

घोषणा कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने बताए।

नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए।

महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे।

आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।

अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए।

यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .