सर्वोच्च अदालतमा परेको नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरणसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
उक्त मुद्दामा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब यस मुद्दामा अर्को दिन सुनुवाइ हुनेछ।
आज न्यायाधीशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ भएको हो।
अधिवक्ता दिपक विक्रम मिश्रले धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै गत असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
45
Shares
प्रतिक्रिया