अर्थमन्त्री प्रकाशशरण महतले बंगलादेशको जस्तो निर्यात योजना बनाएर अर्थतन्त्र सुधार गर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य संघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।अर्थतन्त्रमा अहिले अप्ठ्याराहरू आए पनि बाह्य क्षेत्र केही राम्रो भएको उनले बताए।
उनले रेमिट्यान्सका कारण बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिकतर्फ अवस्था नाजुक भएको बताए।
उनले यसलाई सुधार गर्न तत्काल दीर्घकालीन दुईथरि योजना ल्याउने बताए।
'वैदेशिक लगानी बढाउने योजना छ, व्यापार मात्रै नभई अब उत्पादनमा पनि ध्यान दिन आग्रह गर्छुँ,' उनले भने, 'निर्यात बढाउने छौँ। बंगलादेशको जस्तो निर्यात योजना आउँछ।'
उनले अहिले पूँजीगत खर्च गर्न नसक्नुको कारण राजश्व कमजोर रहेको बताए। ब्याजदरको कारण पनि अहिले धैरै असर परेकाले समाधान गर्न कर्जा र निक्षेपको फरक हेर्नुपर्ने बताए।
15
Shares
प्रतिक्रिया