उद्योग वणिज्य महासंघको निर्वाचनमा मतदान बिहानदेखि सुरु भए पनि आधा पनि मतदान भएको छैन।
निर्वाचन समितिका अनुसार अहिलेसम्म आधाभन्दा कम मतदान भएको हो।
महासंघमा वस्तुगततर्फ १२३ मतदाता रहेकोमा अहिलेसम्म ९७ जनाले मतदान गरेका छन्।
एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता रहेकोमा अहिलेसम्म ४ सय मतदाताले मतदान गरेका छन्।
यता जिल्लानगरका ११८ मतदातामध्ये ४० मत खसेको छ।
निर्वाचनबाट महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन्। कुल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको छ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा गरी कूल ६४ पद रहेका छन्।
24
Shares
प्रतिक्रिया