नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासमा दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।
नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा माथि पुगेको भन्दै जानकी फाइनान्स र नेपाल फाइनान्सलाई कारबाही गरेको हो।
२०७९ असोजमा नेपाल फाइनान्सको सीडी सीमा भन्दा माथि पुगेका हुँदा १ लाख ४९ हजार र जानकी फाइनान्सलाई ८० हजार ९८५ रुपैयाँ जरिवाना गरेको हो।
3
Shares
प्रतिक्रिया