नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदतर्फ मतगणना सुरु गरिएको छ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन्।
महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।
महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता छन्।
यता जिल्लानगरका ११८ मतदाता छन्।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।
21
Shares
प्रतिक्रिया