नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फ मतगणना जारी छ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्।
यो खबर तयार पार्दासम्म ८ सय मत गनिएको छ। जसमा उमेशलाल श्रेष्ठले २१९, अन्जन श्रेष्ठले २५५ र रामचन्द्र संघाईले ३१७ मत ल्याएका छन्।
महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।
महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता छन्। जिल्लारनगरका ११८ मतदाता छन्।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।
45
Shares
प्रतिक्रिया