ad ad

कारोबार


ज्योत्स्ना श्रेष्ठ: जसले ‘क्याम्प’ बदलेर साझा उम्मेदवारलाई हराइन्

ज्योत्स्ना श्रेष्ठ: जसले ‘क्याम्प’ बदलेर साझा उम्मेदवारलाई हराइन्

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १०:३७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ज्योत्स्ना श्रेष्ठले अन्तिममा क्याम्प परिवर्तन गरी निर्वाचन जितेकी छन्। 

चैत १ गते अञ्जन श्रेष्ठको टिमबाट एशोसिएट उपाध्यक्ष लड्ने घोषणा गरेकी उनी रामचन्द्र संघाईको टिमबाट विजयी भएकी हुन्। 

महासंघको निर्वाचनमा ३ प्यानल प्रतिस्पर्धा गरिरहेका छन्। अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठको प्यानलबीच प्रतिस्पर्धा जारी छ। ज्योत्स्नाले चैत १९ गते रामचन्द्र संघाईको टिमबाट एशोसिएट उपाध्यक्षमा लड्ने घोषणा गरेकी थिइन्। 

तर निर्वाचनमा उनी टिम बदलेर संघाईको प्यानलमा गइन्। चैत १९ गते उनले संघाईको प्यानलबाट चुनाव लड्ने घोषणा गरिन्। बुधबार सम्पन्न निर्वाचनमा ज्योत्स्नाले अञ्जन र उमेशलालका साझा उम्मेदवार भरत आचार्यलाई हराउँदै विजयी भइन्। 

श्रेष्ठको टिमबाट प्रवलजंग पाण्डे र आचार्य दुवै आकांक्षी थिए। तर उम्मेदवारी मनोनयनको दिन पाण्डेले आफू निर्वाचन नलडी आचार्यलाई नै सहयोग गर्ने घोषणा गरेका थिए।

मतपरिणाम अनुसार ८४६ मत ल्याउँदै श्रेष्ठ एसोसिएट उपाध्यक्ष चुनिएकी हुन्। उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएका छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता थिए। 

क्याम्प बदलेपछि ज्योत्स्नाले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहने बताएकी थिइन्।  क्याम्प बदल्नुको कारणबारे उनले भनेकी थिइन, ‘निर्वाचन जित्नको लागि कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो। मलाई संघाईको टिममा सहज लागेर आएको हुँ।’

उनले आफू सफल भएमा साना, मझौला सहित सबै व्यवसायीका समस्या  समाधानकोलागि पहल गर्ने बाचा गरेकी छन्। ‘महिला भएको हिसाबले महिला शशक्तिकरणकोलागि राम्रो पहल हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेकी छन्। 

को हुन् जोत्स्ना ?

सुनचाँदी व्यवसायमा आवद्ध श्रेष्ठ रत्न तथा आभूषण संघकी अध्यक्ष हुन्। उनी पाँचौँ महाधिवेशनबाट पहिलो महिला अध्यक्ष चुनिएकी थिइन्। उनले अहिले संघको दोस्रो काल सम्हालिरहेकी छन्।

३ दशकदेखि सुनचाँदी व्यवसायमा सक्रिय श्रेष्ठ मेरीगोल्ड सयपत्री ज्वेलर्सकी सञ्चालक समेत हुन्। जसका शाखा न्यूरोड र दरबारमार्गमा पनि छन्।

सुरुमा उनले साथीसँग मिलेर बालबालिकाका सामग्रीको पसलबाट व्यवसाय थालेकी थिइन्। पछि उनी पुर्ख्यौली पेसा सुनचाँदी व्यवसायमै निरन्तरता दिइन्।

उनी‍ पारिवारिक सुन व्यवसायलाई नै विस्तार गर्दै आएकी छन्। परम्परागत रुपमा चलिरहेको सुनचाँदी व्यवसायलाई फरक रुपमा सञ्चालन गरेर उदाएकी श्रेष्ठको झापामा होटल व्यवसाय पनि गर्दै आएकी छन्।

झापा जिल्लामा रहेको पाँचतारे होटल मेची क्राउनमा उनको लगानी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .