ad ad

कारोबार


वरिष्ठ उपाध्यक्ष– एसोसिएटपछि वस्तुगततर्फ मतगणना सम्पन्न, उमेशलाल अगाडि

वरिष्ठ उपाध्यक्ष– एसोसिएटपछि वस्तुगततर्फ मतगणना सम्पन्न, उमेशलाल अगाडि

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ११:२२, काठमाडौँ

उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत जारी मतगणनामा वरिष्ठ उपाध्यक्षको एसोसिएटपछि वस्तुगततर्फको मत पनि गनिसकिएको छ। 

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उठेका छन्।

वस्तुगत सबै मत गणना हुँदा उमेशलाल श्रेष्ठले ६९, अन्जन श्रेष्ठले ४१ र रामचन्द्र संघाईले १३ मत ल्याएका छन्। 

महासंघमा वरिष्ठ उपाध्यक्षका लागि वस्तुगतको मतभार २० प्रतिशत छ।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ। 

अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .