ad ad

कारोबार


अन्जन र उमेशलालको प्रतिस्पर्धालाई निर्णायक बनाउने यी ३ ‘फ्याक्टर’

रामचन्द्रले जसलाई सघाउँछन्, उसैले जित्छ वरिष्ठ उपाध्यक्ष!
अन्जन र उमेशलालको प्रतिस्पर्धालाई निर्णायक बनाउने यी ३ ‘फ्याक्टर’

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १४:११, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको निर्वाचनमा रामचन्द्र संघाईले २ जना उपाध्यक्ष आफ्ना टिमबाट जिताए पनि आफू सफल हुन सकेनन्।

टिमबाट एसोसिएट उपाध्यक्ष र जिल्ला नगरतर्फको उपाध्यक्ष विजयी भए पनि संघाई पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका छन्। 

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले प्रतिस्पर्धा गरेका थिए। कसैले पनि ५० प्रतिशत बढी मत नल्याउँदा दोस्रो चरणमा मतदान हुँदै छ। 

निर्वाचन समितिका अनुसार अन्जन श्रेष्ठले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघाईले ३०.४६ कुल मतभार पाएका थिए।

पहिलो चरणमै वरिष्ठ उपाध्यक्षबाट बाहिरिएका रामचन्द्र संघाई ठूला व्यवसायी हुन्। कपास उद्योगबाट व्यावसायिक यात्रा थालेका उनी त्रिवेणी ग्रुपका निर्देशक हुन्। 

उत्पादनमूलकतर्फ सगरमाथा सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गोरखा सिमेन्ट, मनकामना सिमेन्ट, त्रिवेणी स्पिनिङ, हिमालयन यार्न, सगरमाथा रेड मिक्स, सिद्धार्थ ग्यास, नवज्योति ग्यास, हिमाल ग्यासमा लगानी छ। 

यसबाहेक त्रिवेणी फिड उद्योग, जडीबुटी प्रशोधन उद्योग, प्लास्टिक फर्निचर ब्राण्ड डल्फिन, खाने तेल अमृत, सगरमाथा प्रिकास्ट, महालक्ष्मी सोल्मेन्ट, चिनी मिल, दालमिल, बबल्स साबुन, लहर साबुन, एकता साबुन, झिल्के साबुन, टोकला चियालगायतमा समेत त्रिवेणी ग्रुपले लगानी गरेको छ। 

३ फ्याक्टर : रामचन्द्र संघाई, राजनीतिक निकटता र चन्द्र ढकाल
दोस्रो चरणमा हुनलागेको उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनावमा प्रत्याशीद्वय उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।   

यस्तोमा पहिलो चरणबाट बाहिरिएका रामचन्द्र संघाईले कुन उम्मेदवारलाई सहयोग गर्छन् उसैले जित्ने सम्भावना देखिएको छ।

अहिले मतदानअघि उमेशलाल र अञ्जन दुवै टिमले संघाईसँग छलफल गरिरहेका छन्। 

‘संघाईको टिमसँग छलफल भइरहेको छ। अहिलेसम्म कसलाई सहयोग गर्ने स्पष्ट भएको छैन’, अञ्जन श्रेष्ठनिकट एक व्यवसायीले नेपालखबरसँग भने, ‘संघाईको टिमले अञ्जनलाई नै सहयोग गर्ला।’

संघाईले एसोसिएटतर्फ सबैभन्दा बढी मत होल्ड गर्छन्। तर वस्तुगतमा उमेशलालको बढी छ भने जिल्ला नगरमा अञ्जन श्रेष्ठको वर्चस्व छ।   विधानले व्यवस्था गरेको मतभार एसोसिएटको ३० प्रतिशत, वस्तुगतमा २० प्रतिशत र जिल्ला÷नगरको ५० प्रतिशत छ।

बुधबार भएको निर्वाचनमा वस्तुगततर्फ अन्जनले ६.७२, उमेशलालले ११.३१ र रामचन्द्रले १.९६ प्रतिशत मतभार पाएका थिए।

जिल्ला/नगरतर्फ भने अन्जनले २०.६१, उमेशलालले १२.२८ र रामचन्द्रले १७.१० मतभार पाएका थिए। त्यस्तै एसोसिएट्सतर्फ अन्जनले १०.६८, उमेशलालले ७.९२ र रामचन्द्रले ११.४० प्रतिशत मत पाएका छन्। 

निर्वाचन जित्न रामचन्द्र संघाईसँगै राजनीतिक दलको आस्थाले समेत फरक पार्ने देखिएको छ। अञ्जन श्रेष्ठ कांग्रेसनिकट व्यवसायी मानिन्छन्। यता प्रतिस्पर्धाबाट बाहिरिएका संघाई पनि कांग्रेसनिकटकै मानिन्छन्। यो हिसाबले संघाईले अन्जनलाई सघाएमा अन्जन दोस्रो चरणका बलियो दाबेदार हुनसक्छन्। 

तर दोस्रो चरणको मतदानकै अर्का उम्मेदवार उमेशलाल एमालेनिटक मानिन्छन्। उमेशलाल नेपालको कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल र साहना प्रधानका छोरा हुन्। 

त्यसबाहेक दोस्रो चरणको विजेताको लागि अर्को फ्याक्टर महासंघमा अध्यक्षको जिम्मेवारी सम्हाल्न लागेका चन्द्र ढकाललाई पनि मानिएको छ। उनले कसलाई भित्रबाट सहयोग गर्छन् भन्नेले पनि चुनावी नतिजामा फरक पार्ने व्यवसायी बताउँछन्। 

यो पनि :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .