नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेञ्ज (वस्तु विनिमय बजार) सञ्चालन गर्न इच्छुकलाई आवेदन दिन भनेको छ।
बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेञ्ज सञ्चालन गर्न इच्छुकलाई १० दिनभित्र आवेदन आह्वान गरेको हो।
गत असोज २ गते बोर्डले नयाँ स्टक, कमोडिटी र ब्रोकरको लागि आवेदन खुल्ला गरेको थियो।
त्यसपछि नयाँ ब्रोकरको लागि ४६ कम्पनीले आवेदन दिएका थिए।
नयाँ स्टक, कमोडिटी आवेदन अवधि नसकिदै सर्वोच्चमा रोक्न मुद्दा परेपछि काम रोक्न रोकिएको थियो।
सर्वोच्चले नयाँ स्टक, कमोडिटी र ब्रोकर लाइसेन्स रोक्न परेको रिट खारेज गरेपछि ब्रोकले प्रक्रिया अगाडि बढाएको छ ।
21
Shares
प्रतिक्रिया