नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि हुने भनिएको दोस्रो चरणको निर्वाचन २ घण्टा पछि सरेको छ।
महासंघ निर्वाचन समितिले २ बजे हुने सूचना जारी गरेकामा फेरि अर्को सूचना जारी गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा उठेका कसैले पनि ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणमा निर्वाचन हुनलागेको हो।
पहिलो चरणको चुनावबाट रामचन्द्र संघाई बाहिरिसकेका छन् भने अब प्रतिस्पर्धामा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठमात्रै छन्।
यस्तोमा अहिले सहमतिको प्रयास समेत भएको छ। निर्वाचन समितिले दुवै उम्मेदवारलाई ४ बजेसम्मको समय दिएको छ। सहमति नभए ४ बजेपछि मात्रै चुनाव हुनेछ।
243
Shares
प्रतिक्रिया