ad ad

कारोबार


‘आईएमई पे’ बाट बीमा नवीकरण गरी १०० प्रतिशत क्यासब्याक जित्ने मौका

‘आईएमई पे’ बाट बीमा नवीकरण गरी १०० प्रतिशत क्यासब्याक जित्ने मौका

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १८:७, काठमाडौँ

‘आईएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ।

आइएमई पे को बीमा सेवाको प्रयोग गरी ग्राहकले केही मिनेट मै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सक्ने भएका हुन्। 

सो सेवा अन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नवीकरण गर्न सकिनेछ।

लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकलाई जोगाइ सजिलै बीमा नवीकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्सुरेन्स पोलिसीहरुको नवीकरण गर्ने सुबिधा उपलब्ध गराइएको हो।

साथै नव वर्ष २०८० को उप्लक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .