ad ad

कारोबार


दुई सरकारी बैंक मर्जरका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

दुई सरकारी बैंक मर्जरका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:३७, काठमाडौँ

दुई सरकारी वाणिज्य बैंक मर्जरको सम्बन्धमा कार्यदल गठन भएको छ। 

अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच  मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको हो।

यी दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्न कार्यदल बनेको आइतबार मन्त्रालयले जानकारी दिएको हो। कार्यदलको संयोजक  मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखलाई तोकिएको छ।

अहिले उक्त महाशाखा प्रमुखमा भुपाल बराल छन्। यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सरकारी बैंक समेत मर्जरमा जान आवश्यक रहेको बताएका थिए। 

पछिल्लो समय निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी ३५ अर्ब हाराहारीमा पुग्न थालेपछि सरकारी बैंकबीच पनि मर्जरको तयारी सुरु भएको हो। 

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभामा सार्वजनिक रुपमा मर्जरको विषयमा बोलेका थिए।

कुन बैंकको वित्तीय अवस्था कस्तो? 
नेपाल बैंक 

नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ  रहेको छ। बैंकले आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा २२९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने १७३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ। 

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा गरेको गत वर्ष सोही अवधिमा भने बैंकले २ अर्ब १९ करोडको नाफा गरेको छ। गत वर्षको तुलनामा बैंकको खराब कर्जा बढेर कर्जा नोक्सानी बढ्दा बैंकको नाफा खुम्चिएको छ। 

यतिबेला बैंकको खराब कर्जा भने ४.१६ प्रतिशत रहेको छ । नाफा खुम्चिँदा बैंकको वितरणयोग्य नाफा समेत घटेको छ । चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १८ करोडमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७० करोड रुपैयाँ थियो।

राष्ट्रिय वाणिज्य बैंक 
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा बैंक२ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो । यता बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ । 

चैत मसान्तसम्ममा बैंकले ३०२ अर्ब निक्षेप संकलन गरी २२५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकका खराब कर्जा ३.८८ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कर्जा रिकोभरी हुन नसक्दा बैंकहरुको खराब कर्जा बढेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .