ad ad

कारोबार


गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प

गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १४:१५, काठमाडौँ

नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निः शुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ।  

आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेज मार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा यही वैशाख १६ देखि १८ सम्म सो क्याम्प सम्पन्न गरेको हो।  

नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रदान गरिएको थियो। सो अफर अन्तर्गत ग्राहकले लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट पाएका थिए।  

क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जनाएको छ।

क्याम्पकाबारे प्रतिक्रिया दिँदै  सागर रिमाल मोटरसाइकल वर्कसपका सञ्चालक सागर रिमालले भने, ‘गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता  थियो। उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए। आगामी दिनमा पनि यस्तै क्याम्प सञ्चालन गर्न हामीलाई प्रेरणा मिलेको छ।’

कम्पनीका अनुसार फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ क्षेत्रमा विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .