सोमबार (२५ वैशाख) एकैदिन ७ अर्ब ८८ करोड ४१ लाख राजश्व संकलन भएको छ। सरकारले कुल आम्दानी ७ अर्ब ८९ करोड ९२ लाख रुपैयाँ गरेको जनाएको छ।
जसमा करबाट ७ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ संकलन भएको हो। सरकारले चालु आर्थिक वर्षको अहिलेसम्म ७ खर्ब ८१ अर्ब ५५ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ।
त्यस्तै, चालू आर्थिक वर्षको अहिलेसम्म १० खर्ब १९ अर्ब रुपैयाँ भने खर्चिसकको छ।
त्यसमा चालु खर्च ७ खर्ब ६७ अर्ब रुपैयाँ, पुँजिगत खर्च १ खर्ब २१ अर्ब र वित्तिय व्यवस्थापन अर्थात् दाताहरुलाई ऋण तथा ब्याज भुक्तानी नै १ खर्ब ३२ अर्ब रुपैयाँ भुक्तानी गरेको हो।
प्रतिक्रिया