ad ad

कारोबार


विमानस्थलमा स्वागत र बिदाइका लागि तीन जना मात्रै जान पाउने

विमानस्थलमा स्वागत र बिदाइका लागि तीन जना मात्रै जान पाउने

नेपालखबर
असार १२, २०८० मंगलबार १३:२८, काठमाडौँ

त्रिभुवन विमानस्थलले यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जनामात्रै जान आग्रह गरेको छ।

विमानस्थलमा भिडभाड नियन्त्रण गर्न ३ जना बढी नआउन आग्रह गरेको हो।

मंगलबार सूचना जारी गर्दै विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनको सिमितताले विमानस्थलमा सवारी व्यवस्थापनमा कठिनाई भएको, प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरुको सहज आवतजावतमा अवरोध सिर्जना भएको उल्लेख गरेको छ।

‘अब उपरान्त बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुका लागि बढीमा ३ जना मात्रै स्वागत तथा बिदाइ गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन,’ अपिल गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .