अमेरिकामा आयोजना हुन लागेको ११ औँ नेफ्टा अवार्डको मिति सरेको छ।
यसअघि जेठ १३ गतेका लागि तय गरिएको अवार्ड वितरण मिति अब साउन ६ गतेलाई सारिएको छ।
अवार्ड वितरणका लागि आवश्यक तयारी नपुगेकाले अवार्ड सार्न परेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए। आगामी वैशाख ३१ मा अवार्डका उत्कृष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।
जुरीले गरेका मूल्यांकनको आधारमा उत्कृष्ट पाँच घोषणा हुने अध्यक्ष लामाले बताए। उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीलाई अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउनेछन्।
आयोजक संस्था फेम नेपालका अध्यक्ष विमल पछाइले नेफ्टा अवार्डमार्फत आफूहरूले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताएका छन्।
अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन्। अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन्।
प्रतिक्रिया