ad ad

कला


फिल्मको तयारीमा रहेका मनाङेले सेटमै भेटे अनमोललाई, गर्छन् त सहकार्य?

फिल्मको तयारीमा रहेका मनाङेले सेटमै भेटे अनमोललाई, गर्छन् त सहकार्य?

नेपालखबर
मंसिर २५, २०८० सोमबार १२:५४, काठमाडौँ

अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखरामा भइरहेको छ। निर्माण टिमले फिल्मको ५० प्रतिशत सुटिङ सकिएको जनाएको छ।

यसैबीच, गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले सुटिङस्थल पुगेर अनमोललाई भेटेका छन्।

शनिबार छायाङ्कनस्थल पुगेका दीपक र अनमोलबीच रमाइलो गफगाफ भएको बताइएको छ। अनमोलसँग दीपकको भेटघाट फिल्मका प्रोडक्सन प्रमुख शंकर पाण्डेले मिलाइदिएका हुन्। फिल्म क्षेत्रलाई माया गर्ने मनाङेले सेट हेर्न आएको र अनमोलसहितको टिमलाई भेटेको पाण्डेले बताए।

दीपक मनाङेले विभिन्न फिल्ममा लगानी गरिसकेका छन्। केही दिनअघि मात्रै उनको प्रस्तुतिमा ‘कङ्गारु’ बन्ने घोषणा भएको छ। मनाङेको अनमोलसँगको भेटले भविष्यमा सहकार्य हुनसक्ने चर्चा हुन थालेको छ।

दीपकले आफ्नो छोरो सिद्धार्थलाई लिएर फिल्म बनाउने सोचमा रहेको बुझिएको छ। जुन फिल्ममा उनी अनमोललाई समेत खेलाउन चाहन्छन्। जसकारण अनमोलसँग निकटता बढाउन खोजेको अनुमान सिनेवृत्तमा छ। मनाङेका छोरा सिद्धार्थले ‘वन वे’ बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .