युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जापानको हिरोसिमामा जारी सात राष्ट्रको समूह (जी–७) सम्मेलनमा सहभागी भएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्की शनिबार जापानको हिरोसिमा पुुगेका थिए।
जेलेन्स्कीले आजै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्दैछन्। अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान लिन सहयोग गर्ने भएको छ।
उनीहरूबीचको वार्तापछि पत्रकार सम्मेलन गरिरे सो बारे जानकारी गर्ने बताइएको छ।
यसअघि फ्रान्सेली राष्ट्रपतिले जी ७ मा जेलेन्स्कीको उपस्थितिलाई ‘गेम चेन्जर’ र ‘शान्ति निर्माण गर्ने बाटो’ भनेर वर्णन गरेका थिए। बीबीसी
63
Shares
प्रतिक्रिया