ad ad

ग्लोबल


बंगलादेशले भारतबाट फिर्ता बोलायो आफ्ना उच्चायुक्त

बंगलादेशले भारतबाट फिर्ता बोलायो आफ्ना उच्चायुक्त

फाइल तस्बिर: बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस


नेपालखबर
असोज १७, २०८१ बिहिबार १३:५, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ। उनीहरूलाई ढाका फर्कन भनिएको छ।

भारतसहित अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञलाई बंगलादेश सरकारले फिर्ता बोलाएको बीबीसीले जनाएको छ। 

विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना गत अगस्ट ५ मा देश छाडेर भारत भागेकी थिइन्। 

त्यसपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो। 

यसअघि बंगलादेशले आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो।

हालै अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अमेरिकाको भ्रमण पनि गरेका थिए। जहाँ उनले अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग भेट गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .