म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। योसँगै सिटीले लगातार तेस्रो सिजनमा लिगको उपाधि हात पारेको हो।
शनिबार राती भएको खेलमा उपाधि दाबेदार आर्सन नटिङ्घम फरेस्टसँग १–० ले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो।
सिटीले तीन खेल अगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ।
शीर्ष स्थानको सिटीले अंक तालिकामा ३५ खेलबाट ८५ अंक जोडेको छ। अन्तिम खेलअघि दोस्रो स्थानको आर्सनलको ३७ खेलबाट ८१ अंक छ।
सिटी ६ वर्षमा पाँचौं पटक च्याम्पियन बनेको छ र अब ऐतिहासिक ट्रेबल जित्ने मौका छ।
54
Shares
प्रतिक्रिया