ad ad

ग्लोबल


४ दिने राजकीय भ्रमणका लागि आज अमेरिका जाँदै भारतीय प्रधानमन्त्री मोदी

यसरी सुध्रियो ‘आजादी’पछि अमेरिकासँग बिग्रिएको भारत सम्बन्ध
४ दिने राजकीय भ्रमणका लागि आज अमेरिका जाँदै भारतीय प्रधानमन्त्री मोदी

नेपालखबर
असार ५, २०८० मंगलबार ८:४१, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ दिने राजकीय भ्रमणका क्रममा मंगलबार अमेरिका भ्रमणमा जाँदैछन्।

उनको औपचारिक कार्यक्रम भोलि अर्थात् २१ जुनदेखि निर्धारण गरिएको छ। पहिलो दिन बुधबार उनी न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा आयोजित योग महोत्सवमा भाग लिनेछन्। २२ जुनमा वासिङ्टनमा प्रधानमन्त्रीलाई राजकीय सम्मानका साथ स्वागत गर्ने कार्यक्रम तय भएको छ। मोदी र अमेरिकी राष्ट्रपति जोए बाइडेनबीच भेट भई द्विपक्षीय वार्ता हुनेछ।

वार्तामा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। रक्षासँग सम्बन्धित हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्याधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने एजेण्डा राखिएको छ।

सोही दिन राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेनले मोदीका लागि रात्रिभोजको आयोजना गरेका छन्ए अमेरिकी राजनीति र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि रात्रिभोजमा सहभागी हुनेछन्।

२३ जुनमा प्रधानमन्त्री मोदीले वासिङ्टनमा अमेरिकी ठूला उद्यमीसँग भेट गर्ने कार्यक्रम तय भएको छ।  त्यही दिन उपराष्ट्रपति कमला ह्यारिसले मोदीको सम्मानमा दिवाभोजको आयोजना गरेकी छन्। त्यहाँ प्रधानमन्त्रीले भारतीय प्रवासी भेलालाई पनि सम्बोधन गर्नेछन्।

सन् १९४७ मा ब्रिटिश सरकारबाट भारत स्वतन्त्र भएपछि अमेरिकासँग दूरी बढेको थियो। 

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा भारतले सोभियत संघ विरुद्धको शीतयुद्धमा अमेरिकालाई सहयोग गर्न अस्वीकार गरेको थियो।

सन् १९६१ मा नेहरूले भारतलाई असंलग्न आन्दोलनको हिस्सा बनाए। जुन तटस्थ विकासशील देशहरूको समूह थियो। उक्त निर्णयपछि अमेरिकाले भारतलाई असहयोग गरेको थियो। भारतले अमेरिकाबाट हतियारको कारोबार गर्दै आएकोमा सन् १९७१ मा पाकिस्तानसँग युद्ध हुँदा अमेरिकाले हतियार दिन अस्वीकार गरेको थियो।

तर पछिल्ला वर्षहरूमा भारत-अमेरिकाबीच सम्बन्ध सुधारिएको छ। भारतले अमेरिकासँग रक्षासँग सम्बन्धित धेरै सम्झौताहरू गरेको छ र अमेरिकी हतियार खरिद गरेको छ।

सन् २००० देखि २०२१ सम्म भारतले अमेरिकासँग २१ अर्ब डलर बराबरको सैन्य उपकरण किनेको छ। सन् २००७ मा भारत पनि अमेरिका, जापान र अष्ट्रेलियाको क्वाड समूहमा सामेल भएको थियो।

२०१६ यता भारत र अमेरिकाबीच ४ वटा रक्षा सम्झौता भएका छन्।

सन् २०२० मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गरेपछि दुई देशबीच सम्बन्ध थप सुदृढ बन्यो।

तर अमेरिकाबाहेक भारतले अन्य शक्तिशाली देशसँग पनि आफ्नो मैत्रीपूर्ण सम्बन्ध कायम राखेको छ। रुस-युक्रेन युद्धपछि पश्चिमी देशले रुसलाई प्रतिबन्ध लगाए पनि भारतले भने रुससँग ततेल खरिद जारी राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .