ad ad

ग्लोबल


अडियो प्रकरणमा कुनै सत्यता छैन, निर्वाचन प्रभावित पार्ने खेल हो : ट्रम्प

अडियो प्रकरणमा कुनै सत्यता छैन, निर्वाचन प्रभावित पार्ने खेल हो : ट्रम्प

नेपालखबर
असार १२, २०८० मंगलबार २०:५४, काठमाडौँ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताएका छन्।

रेकर्डिङ सार्वजनिक भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भूतपूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल वेबसाइट’ मा अडियोलाई बनावटी ‘विक्षिप्त’ कथा भनी खण्डन गरेका छन्।

अभियोजनकर्ताले न्याय विभाग र एफबीआईसँग मिलेर ‘अवैध रूपमा’ अडियो बनाइ अफवाह फैलाउन खोजेको बताएका छन्। यो अवैध षडयन्त्र भएको उनले दावी गरेका छन्।

उनले उक्त श्रव्य सामग्री  ‘वास्तवमा आफ्ना विपक्षीहरूले आफुहरूमाथिका आलोचनालाई बिषयान्तर गर्न रचेको प्रपञ्च’ बाहेक केही नभएको दाबी गरेका छन्।

यो निरन्तरको ‘विच हन्ट’ व्यक्तिलाई गलाउने झुटा आरोप जस्तै अर्को बनावटी आरोप भएको र यसलाई उनले विपक्षीहरूले चुनावी हस्तक्षेपका लागी सिर्जना गरेको हतियार भएको बताएका छन्।

‘विच हन्ट गर्ने उनीहरू ठग हुन्,’ पूर्व राष्ट्रपति ट्रम्पले लेखेका छन्।

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .