भारतीय कांग्रेसका सांसद राहुल गान्धीले आइतबार सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा हिन्दूधर्मबारे एउटा पोस्ट गरेका छन्।
‘सत्यम् शिवम् सुन्दरम्’ शीर्षक दिइएको उक्त पोस्टमा उनले हिन्दू धर्मावलम्बीको विशेषताबारे बताएका छन्।
गान्धीले लेखेका छन्, ‘हिन्दूको आत्मा त्यति कमजोर हुँदैन कि ऊ आफ्नो भयको वशमा परेर कुनै प्रकारका क्रोध, घृणा वा बदलाको माध्यम बनोस्।’
उनले अगाडि लेखेका छन्, ‘हिन्दूले सबै प्राणीलाई माया गर्छ र यो महासागरमा पौडी खेल्ने सबैका आआफ्नै तरिका छ भन्ने उसलाई थाहा छ। सबैलाई आफ्नो बाटो हिँड्ने अधिकार छ। ऊ सबै मार्गलाई प्रेम गर्छ, सबैलाई आदर गर्छ र उनीहरूको उपस्थितिलाई आफ्नो रूपमा स्वीकार गर्छ।’
सत्यम् शिवम् सुंदरम्
एक हिंदू अपने अस्तित्व में समस्त चराचर को करुणा और गरिमा के साथ उदारतापूर्वक आत्मसात करता है, क्योंकि वह जानता है कि जीवनरूपी इस महासागर में हम सब डूब-उतर रहे हैं।
निर्बल की रक्षा का कर्तव्य ही उसका धर्म है। pic.twitter.com/al653Y5CVN— Rahul Gandhi (@RahulGandhi) October 1, 2023
39
Shares
प्रतिक्रिया