ad ad

ग्लोबल


कतारमा पहिलोपटक नेपालीलाई दिइयो मृत्युदण्ड

कतारमा पहिलोपटक नेपालीलाई दिइयो मृत्युदण्ड

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १४:१८,

कतारमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। महोत्तरीको औरही-१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो।

कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो नै पहिलो घटना हो। कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको फैसलाबमोजिम चौधरीलाई मृत्युदण्ड दिइएको हो।

उनले नुयमीलाई दर्जनौंपटक खुकुरी प्रहार गरेको फैसलामा उल्लेख छ। चाैधरीलाई सन् २०१७ अप्रिलमा  कतारी प्रहरीले पक्राउ गरेको थियो।

उनलाई मृत्युदण्ड दिइएकोबारे नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा जानकारी गराइसकेको छ। कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिइसकेकाे बताइएको छ ।

कतारमा मृत्युदण्ड सजायको फैसला सुनाइएका नेपाली अरू पनि छन्, तर उनीहरुको सजाय कार्यान्वयन भइसकेको छैन। चौधरी २०१५ अगस्ट २७ तारिख कतार गएका थिए। क्लिनिङ कम्पनीमा उनी सामान्य मजदुरको काम गर्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .