ad ad

मधेस


धनुषामा साढे ७ लाख रुपैयाँ बराबरका नक्कली नोटसहित महिला पक्राउ

धनुषामा साढे ७ लाख रुपैयाँ बराबरका नक्कली नोटसहित महिला पक्राउ

पक्राउ परेकी महिला


नेपालखबर
बैशाख १२, २०८० मंगलबार ११:३१, जनकपुरधाम

धनुषा प्रहरीले साढे ७ लाखभन्दा बढी रुपैयाँ बराबरका नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ।

७ लाख ७१ हजार रुपैयाँ बराबरका नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

उनको साथबाट हजार दरका ४ सय ९२ र ५ सय दरका ५ सय ५९ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोली २५ वर्षीया अनुको ब्यागमा तलासी गर्दा नक्कली नोट बरामद भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .