बंगलादेशमा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोली शुक्रबार स्वदेश फर्किएको छ।
यो नेपाली भलिबल इतिहासको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक थियो।
त्रिभुवन विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल तथा भलिबल पदाधिकारीहरुले उनीहरुलाई स्वागत गरेका थिए। त्यसक्रममा सदस्यसचिव सिलवालले टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने प्रस्ताव सरकारलाई गर्ने जनाएका छन्।
च्याम्पियन चेलीहरु विमानस्थलमा फर्कदाका दृश्यहरु नेपालखबरकर्मी स्नेहा केसीले आफ्नो क्यामरामा कैद गरेकी छन्।
प्रतिक्रिया