राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोट घटेपनि स्वीकार्न आफू तयार रहेको बताएका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो कुरा बताएका हुन्।
आफूले राम्रो काम गरेर अघि बढ्दा पनि भोट घट्छ भनेर आफू नडराउने बताए।
‘यो पटक रविको भोट घट्छ भनेर भनिरहेका छन्। मलाई स्वीकार छ, काम गरेर जाँदा भोट घट्छ भने म त्यसलाई स्वीकार गर्न तयार छु,’ लामिछानेले भने।
पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम लेनदेनको कुरा गरेको अडिओ सार्वजनिक भएसँगै उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरूको भोट घट्ने आकलन हुन थालेको छ।
111
Shares
प्रतिक्रिया