राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रैष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टि भएको बताएका छन्।
बुधबार बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै सभापति लामिछानेले ढाकाले गरेको रकम वार्गेनिङ प्रकरणको अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने बताए।
‘ढाकाजीले दुर्गा प्रसाईंसँग रकम मागेको कुरा पुष्टि भयो। उहाँलाई पार्टी साधारण सदस्य र सांसद पदबाट हटाउने निर्णय भएको छ’ उनले भने, ‘अब यो प्रकरणको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाउँदैछौँ।’
228
Shares
प्रतिक्रिया