प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार शुक्रबार ९ बजेका लागि बैठक बोलाइएको हो। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि परिषद्को बैठक बस्न लागेको हो।
गत ११ पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।
114
Shares
प्रतिक्रिया