ad ad

राजनीति


कर्णाली प्रदेशमा कांग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज

कर्णाली प्रदेशमा कांग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज

नेपालखबर
बैशाख ६, २०८० बुधबार ८:२८, काठमाडौँ

कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ।

मंगलबार कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको थियो। जसमा रिक्त रहेका तीन मन्त्रालयमा कांग्रेसबाट कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र वेदराज सिंहलाई सरकारमा पठाउने निर्णय भएको थियो।

कांग्रेसले आर्थिक मामिला तथा योजनामा सिंह, सामाजिक विकासमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमा विसीलाई सिफारिस गरिएको छ।

कांग्रेसभित्र सिंह र पोखरेल संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् भने विसी संस्थापनइतर पक्षका हुन्।

सत्ता गठबन्धन बदलिएसँगै प्रदेश सरकारमा पनि परिवर्तन आएको हो। यसअघि एमालेले सम्हालेका मन्त्रालय कांग्रेसले पाएको हो।

कर्णालीमा गत पुस २७ गते एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेतृत्वमा सरकार बनेको थियो। माघ ६ गते उनले पहिलोपटक विश्वासको मत लिएका थिए।

तर केन्द्रमा फागुन १२ गते माओ‌वादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेपछि फागुन १० गते एमालेसहितको ७ दलीय गठबन्धन टुटेको थियो।

केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि गठबन्धन फेरिएको थियो। केन्द्रमा गठबन्धन टुटेपछि कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा बाहिरिएको थियो। फागुन १७ गते मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए।

 एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेँलले प्रदेश प्रमुखलाई पत्र लेख्दै आज (चैत २७) गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्। 

एमालेले तत्काल सरकार नछाडे पनि माओवादीले कांग्रेसलाई सरकारमा सहभागी गराउन खोजेपछि एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिई सरकारबाट बाहिरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .