राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रूस जाँदैछन्।
रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषद्का अध्यक्ष भ्यालिन्टिना म्याटकभियन्कोको निमन्त्रणमा उनी रूस जान लागेका हुन्।
अध्यक्ष तिमिल्सिना ८ सदस्यीय प्रतिनिधिसहित बुधबार बिहान रूस जान लागेको उनका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले बताए।
प्रतिक्रिया