ad ad

राजनीति


१३ एसएसपी डीआईजीमा बढुवा, खनालको जागिर जोगियो

१३ एसएसपी डीआईजीमा बढुवा, खनालको जागिर जोगियो

नेपालखबर
बैशाख ६, २०८० बुधबार २१:५, काठमाडौँ

नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजी बढुवाको निर्णय गरेका हुन्। 

मंगलबार बढुवा सिफारिसविरुद्ध २ एसएसपीले उजुरी गरे पनि भोलिपल्टै बढुवाको निर्णय भएको हो। बुधबार बढुवाको निर्णय नभएको अवस्थामा एसएसपी विकासराज खनाल अनिवार्य अवकासमा जाने थिए। 

एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनी बुधबार राति १२ बजेबाट अवकासमा जाने थिए। तर गृहमन्त्री श्रेष्ठले त्यसअघि नै डीआईजीमा बढुवा गरेसँगै उनको कार्यकाल लम्बिएको छ। खनाल आईजीपी वशन्तबहादुर कुंवरकै ब्याची हुन्।

बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए। तर उनीहरुको उजुरीले सिफारिस बदर भएन। 

डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई रहेका छन्। 

यस्तै लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि डीआईजीमा बढुवा भएका हुन्। 

२०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ जना सिफारिस भएका छन्। 
यसपछि २०७७ पुसमा ११ एसपी एसएसपीमा बढुवा भएका थिए।

उनीहरुमध्येबाट अर्जुन चन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली, २०७८ मा एसएसपी  भएका विकासराज खनाल डीआईजी बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .