भारतीय एक कम्पनीले नेपालबाट २ हजार मेगावाट विद्युत किन्ने आशय पत्र पेस गरेको छ।
भारतको वेदान्त लिमिटेडले नेपालबाट दुई हजार मेगावाट विद्युत् किन्ने नेपाल पावर एक्सचेन्ज लिमिटेड आशय पत्र पेश गरेको हो। नेपालबाट आगामी ५ वर्षमा २ हजार मेगावटा विदुत किन्ने जनाएको छ।
बुधबार र बिहीबार काठमाडौंमा सम्पन्न पावर समिट २०२३ मा उक्त आशयपत्र दिएको हो। पावर समिटले नेपालको २२ सय मेगावाट बिजुली निजी क्षेत्रमार्फत भारतमा बिक्री गर्ने सझभदारी बनेको छ।
मणिकरण पावर कम्पनीसँग नेपालका चुवाखोला, कसुवाखोलालगायतका आयोजनाबाट २०० मेगावाट विद्युत् खरिद बिक्री गर्ने गरी समझदारी समेत भएको छ।
84
Shares
प्रतिक्रिया