ad ad

राजनीति


निर्वाचन आयोगले सोध्यो गोविन्द भट्टराईसँग २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो गोविन्द भट्टराईसँग २४ घण्टे स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार १२:९, काठमाडौँ

मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 

गत ७ गते मध्यरातिदेखि नै मौनअवधि लागु भइसकेको अवस्थमा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगका अनुसार भट्टराईले मौनअवधिमा आफ्नो मोबाइल प्रयोग गरेर भ्वाइस म्यासेजमार्फत मत मागेका हुन्। 

'वैशाख ७ गते राति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि लागु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन? भनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतवार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भइ स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ', आयोगका अनुगमन अधिकृतले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .