चितवन क्षेत्र नं. २ को मतगणना सुरु गर्ने बारे छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार ९ बजेबाट बैठक सुरु भएकोम हो। अहिले दलहरुले आ आफ्ना धारणा राखिरहेका छन्।
आइतबार बेलुकी नै मतपेटिका संकलन भइसकेको भएपनि कांग्रेस र एमालेले रवि लामिछानेविरुद्ध परेको उजुरीको टुंगो लागेपछि मात्रै मतगणना सुरु गर्न दिने बताएपछि रोकिएको हो।
लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रचार गरेको आरोपमा कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ।
निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ। अहिले त्यहीँ बैठक बसिरहेको छ।
93
Shares
प्रतिक्रिया