ad ad

राजनीति


चितवन २ : इच्छाकामनाका सबै वडाको गणना सकियो, रवि १८ सय मतले अघि

चितवन २ : इच्छाकामनाका सबै वडाको गणना सकियो, रवि १८ सय मतले अघि

नेपालखबर
बैशाख ११, २०८० सोमबार १९:७, चितवन

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। 

अहिलेसम्म इच्छाकामना गाउँपालिकाका ७ वटै वडाको मतगणना सकिएको छ। अब भरतपुर महानगरपालिकाको १ र २ नम्बर वडाको मतगणना हुने बताइएको छ।

पछिल्लो मतगणना अनुसार लामिछानेले ४ हजार ३५८ मत प्राप्त गरेका छन्। 

९ हजार ४४० मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५४४ मतका साथ लामिछानेलाई पछ्याइरहेका छन्।

दोस्रोमा रहेका एमाले उम्मेदवार न्यौपाने भन्दा लामिछानेको मत १ हजार ८१४ मत बढी छ।

तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले २ हजार २०५ मत ल्याएका छन्।

चितवनमा ७८ हजार २७७ मत खसेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .