ad ad

राजनीति


बारा २ अपडेट– झन्‌झन् अग्रता बढाउँदै उपेन्द्र यादव, १२ हजार कटाए मत

बारा २ अपडेट– झन्‌झन् अग्रता बढाउँदै उपेन्द्र यादव, १२ हजार कटाए मत

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार ९:३०, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणामअनुसार यो खबर लेख्दासम्म जसपा अध्यक्ष यादवले १२ हजार १ सय १९ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ६ सय ९३ मत पाएका छन्। 

यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ३ सय २८ मतका साथ तेस्रो स्थानमा छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ४१ मत ल्याएका छन्। 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो। 

कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाका ४४  वडा समेटिएका छन्। 

यसैबीच उपनिर्वाचन भएका अन्य क्षेत्र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विजयी भइसकेका छन् भने चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ अगाडि छन्। उनको जित निश्चित भइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .