राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्। उनले शनिबार दलका उपनेता विराजभक्त श्रेष्ठलाई सम्बोधन गरेर राजीनामा पेश गरेका हुन्।
प्रतिनिधि सभाको चितवन २ मा भएको उपनिर्वाचनबाट सभापति रवि लामिछाने विजयी भएर संसद पुगेपछी अर्यालले राजीनामा दिएको रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले नेपालखबरलाई जानकारी दिए।
‘डोलप्रसादजीले दलको नेताबाट राजीनामा दिनुभयो। अब हामी पार्टी सभापति रवि लामिछानेलाई सोमबार दलको नेता चयन गर्छौं,’ ढकालले नेपालखबरसंग भने।
नागरिकता प्रकरणले माघ १३ गते रविले सांसद पद गुमाएपछि दलको नेतामा अर्याल चयन भएका थिए।
888
Shares
प्रतिक्रिया