ad ad

राजनीति


महावीर पुनसँग सरकारले थाल्यो वार्ता

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

फाइल तस्बिर।


नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:५, काठमाडौँ

सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता सुरु गरेको छ।

उनीसँग अहिले कानुन मन्त्रालयसमेत सम्हाल्दै आएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का वार्ता गरिरहेका छन्। 

रक्षा मन्त्रालयमा केहीबेर अघिबाट सुरु भएको वार्तामा सरकारका मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन्। 

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेपछि उनीसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।  

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबारमात्रै पुनसँग अविलम्ब संवाद गर्न सरकारलाई आग्रह गरेका थिए। 

‘आविस्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु,’ शर्माले ट्विटरमा लेखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .