ad ad

राजनीति


पदाधिकारी बैठकअघि पूर्णबहादुरसहित प्रधानमन्त्रीलाई भेटे देउवाले

पदाधिकारी बैठकअघि पूर्णबहादुरसहित प्रधानमन्त्रीलाई भेटे देउवाले

फाइल तस्बिर।


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १४:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेट भएको हो। 

नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखकलाई लिएर सभापति देउवा बिहीबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए।

सभापति देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बस्दै छ। कांग्रेस बैठकअघि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भएको उक्त भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि आजको पदाधिकारी बैठकमा कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा विवाद छ। 

पार्टीको बैठक बस्नुअघि देउवाले बुधबार (हिजो) प्रधानमन्त्री, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयले भने उनीहरूबीच सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .