ad ad

राजनीति


गगन थापाको प्रस्ताव : संसदीय समितिमा बोल्ने भाषाको आचारसंहिता बनाऔं

गगन थापाको प्रस्ताव : संसदीय समितिमा बोल्ने भाषाको आचारसंहिता बनाऔं

नेपालखबर
जेठ २, २०८० मंगलबार १६:६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहीता बनाउनुपर्ने बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरु कस्ता राख्ने भन्नेबारेमा आचारसंहीता बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन्। 

उनले समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताए। 

‘समितिले बैठक राख्दै गर्दा हाम्रो कस्तो खालको चलन बस्यो भने कुनै एउटा विषय आयो, सभापतिज्युले बैठक राख्ने भन्नुभयो, भोलि यति बजे बैठक भनेर खबर पठाइदिनुभयो,’ उनले भने, ‘सामान्यतया २४ घण्टाको समय पनि नराखिकन। सभापति र सचिवालयको बीचमा छलफल भइसकेपछि सबै सांसदहरु यो बैठकमा अनिवार्य उपस्थित हुन्छन् जस्तो गर्ने, यस्तै कारणले कतिपय यो भन्दा अघि हामीले बैठकमा नै सहभागी हुँदैनौँ भन्नुपरेको थियो।’

उनले समितिको विष्यावस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको बताए। उनले समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहीतामा राख्न आवश्यक रहेको बताए।

‘आकस्मिक समय बाहेक अरु अवस्थामा सचिवालयले पहिलो बैठकमा नै कति घण्टा समय राखेर बैठकको बारेमा प्रस्ताव गरोस्। विधेयक बाहेक विषयवस्तु छनोट गर्ने सन्दर्भमा पनि सोच्नुपर्छ,’ उनले भने, ‘समितिको बैठकमा जुन भाषा प्रयोग गर्न पनि पाउँछौँ, जे बोल्न पनि पाउँछौँ, भन्नेगरी बोलाइएको हुन्छ, कस्तो बोल्ने भन्ने, कसरी प्रस्तुत हुने भनेर आचारसंहीता बनाउनुपर्छ।’

सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .