नेकपा माओवादी केन्द्रको विधान अधिवेशन प्रज्ञा भवनमा जारी छ। चार दिनदेखि जारी अधिवेशनमा बिहीबारसम्म २० वटै समूहले सुझाव सुनाइसकेका छन्।
विधान मसौदामाथि २० वटै समूहको सुझाव प्रस्तुत भएपछि माओवादीको पदाधिकारी बैठक बसेको छ।
विधान अधिवेशन ३ बजेसम्म स्थगित गरेर पदाधिकारीहरू जुटेका थिए।
नेताहरूका अनुसार विधानको संशोधनबारे पदाधिकारीबीच सहमति जुटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिममा निर्णय सुनाउने तयारी गरेका छन्।
21
Shares
प्रतिक्रिया