ad ad

राजनीति


क्रान्तिकारी महासचिवको टिप्पणी : विधान अधिवेशन हात्ती आयो, हात्ती आयो फुस्स!

क्रान्तिकारी महासचिवको टिप्पणी : विधान अधिवेशन हात्ती आयो, हात्ती आयो फुस्स!

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८० बिहिबार १७:५१, काठमाडौँ

काठमाडौँमा तीन दिनसम्म चलेको पहिलो विधान अधिवेशनले माओवादीको संगठन र भावी कार्यदिशामा तात्विक फरक नपरेपछि असन्तुष्टि देखिएको छ।

२० वटा समूह बनाएर दिएका कयौँ सुझावहरू कार्यान्वयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार नभएपछि नेताहरूमा असन्तुष्टि देखिएको हो। 

१३ सय भन्दा बढी नेता-कार्यकर्ता सहभागी विधान अधिवेशनको सुझाव एउटा भए पनि अध्यक्ष प्रचण्डले अर्को निष्कर्ष सुनाएको टिप्पणी भएको हो।

विधान अधिवेशनका सहभागी एवम् अखिल क्रान्तिकारी महासचिव दीपेश पुनले कुनै खास निष्कर्ष नआएको भन्दै सामाजिक सञ्जालमा व्यंग्य कसेका छन्। 

उनले विधान महाधिवेशनलाई उपलब्धिहीन भनेका छन्।  'हात्ती आयो हात्ती फुस्स! विधान सम्मेलन!', उनले बिहीबार साँझ भनेका छन्। 

केन्द्रीय समिति १५१ मा झार्ने विधान अधिवेशनको सुझावलाई पनि अध्यक्ष प्रचण्डले नकार्दै १९९ नै कायम गरेका छन्।

पार्टी पदाधिकारीहरूलाई अब अध्यक्ष प्रचण्डको कार्यालयमा रुपान्तरण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .