ad ad

राजनीति


प्रचण्डले भने : धेरै कम्युनिस्टबीच एकता भएमा माओवादी नाम फेर्न सकिन्छ

प्रचण्डले भने : धेरै कम्युनिस्टबीच एकता भएमा माओवादी नाम फेर्न सकिन्छ

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन ३, २०८० बिहिबार १८:१६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन अत्यन्त सभ्य भएको बताए।

यसले पार्टी निर्माण एवम् विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्। 

माओवादीको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलनपछि आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त सुझावका आधारमा ओजपूर्ण बनाउने विश्वास दिलाए।

अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको विधिबाट नै पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताए।

आमरुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाइने निष्कर्ष सुनाए।

आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय बनाउने र त्यसैलाई प्रभावकारी बनाइने उनले जानकारी दिए।

योग्यता र कार्याअवधिको व्यवस्था नियमावली बनाएर जाँदा उचित हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने बताए।

प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाउने पनि उनले उल्लेख गरे।

नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने दाहालले उल्लेख गरे। प्रचण्डले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताए।

उनले मोर्चाहरूलाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताए। अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .