प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।
शनिबार प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको हो।
शनिबार आएको पीसीआर रिपोर्टअनुसार प्रदेश २ का ८३ जनामा कोरोना संक्रमण देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सप्तरीमा ७ जना, धनुषामा ८ जना, महोत्तरीमा ३५ जना, सर्लाहीमा २७ र रौतहटमा ६ जना व्यक्तिमा कोरोना पुष्टि भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
प्रतिक्रिया