ad ad

समाज


उपचार सकेर नेपाल फर्किए कांग्रेस सांसद चन्द्र भण्डारी

उपचार सकेर नेपाल फर्किए कांग्रेस सांसद चन्द्र भण्डारी

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख १७, २०८० आइतबार १९:३६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन्। लगभग साढे २ महिनाको उपचार सकेर उनी आइतबार साँझ नेपाल फर्किएका हुन्। 

ग्यास विस्फोटबाट घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत गरिएको थियो। 

विमानस्थलमा भण्डारीले आफ्नो स्वागतका लागि उपस्थित भएकाहरूलाई धन्यवाद दिए। 

गत फागुन ४ गते भण्डारीको घरमा ग्यास विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएकी आमा हरिकला भण्डारीको सोही दिन कीर्तिपुर अस्पतालमा निधन भएको थियो। 

सांसद भण्डारीलाई भने एयर एम्बुलेन्समार्फत चिकित्सकहरूको सल्लाहमा उपचारका लागि भारत लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .