ad ad

समाज


५ घन्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र, बाटो खुलाउने प्रयास जारी

५ घन्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र,  बाटो खुलाउने प्रयास जारी

तस्बिरहरू: सुनिता विष्ट।


नेपालखबर
बैशाख १८, २०८० सोमबार २१:३७, काठमाडौँ

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथिको मोटरेबल पुल भासिँदा यातायात पूर्णरुपमा ठप्प भएको छ।

अपरान्ह ४ बजेदेखि बन्द भएको सडक ५ घण्टासम्म पनि नखुल्दा यात्रुहरू अलपत्र परेका छन्।

सडकको आधा भाग भासिएको कारण राजमार्ग खुलाउन नसकिएको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए। 

उनका अनुसार भासिएको सडकमा ग्याबिङ भरेर सवारी सुचारु गर्न काम भइरहेको छ।

दिउँसो केही समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिएको थियो। सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अपरान्ह ४ बजेदेखि पुलमा धेरै नै क्षति हुँदा दुवैतर्फ यातायात पूर्णरुपमा ठप्प भएको हो।

त्यसोत, जिल्ला प्रहरी कार्यालय धादिङले वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ।

काठमाडौंतर्फ जानेले ५ किला–फोगटपुर–बाइरोड सडक, जुङ्गेखोला–बाइरोड, सातकिला–बाइरोड, आठकिला–चिउरीपार्टी हुँदै धार्के र काठमाडौंबाट गल्छितर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .