ad ad

समाज


सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १४:१२, काठमाडौँ

नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका पुत्र सन्दीप रायमाझीलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

बुधबार साँझ बुटवलबाट पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई तीन म्याद दिएको हो। 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा बुधबार पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको छ।

उनलाई बिहान ७ बजे नै विमानस्थल पुर्‍याइएको थियो। अहिले काठमाडौं ल्याएर उनलाई अदालतबाट म्याद थपिएको हो। 

त्यही प्रकरणमा मुछिएका टोपबहादुर सम्पर्कविहीन छन्। अहिलेसम्म उनी पक्राउ नपरेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी भरत विकले बताए।

बुधबार टोपबहादुरले भैरहवाबाट काठमाडौं आउन टिकट काटेका थिए। उनी सभामुख देवराज घिमिरेसँग बुधबार नै काठमाडौं आउने तयारीमा थिए।

तर काठमाडौं झरेलगत्तै प्रहरीले पक्राउ गर्ने तयारीबारे सूचना पाएपछि उनी सम्पर्कविहीन भएका हुन्। उनले काटिसकेको टिकट पनि रद्द गरेका छन्।उनको फोन अफ रहेको छ भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .